गायिका इन्दिरा गोलेको निधन
- काठमाडौंचर्चित लोकदोहोरी तथा सेलो गायिका इन्दिरा गोले गुरुङको ५९ वर्षको उमेरमा गएराति निधन भएको छ ।
क्यान्सर रोगबाट पीडित गुरुङको उपचारकै क्रममा ५९ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । २०२३ साल कार्तिक ३ गते ललितपुरमा जन्मिनुभएकी उहाँले पाँच हजारभन्दा बढी गीतमा स्वर दिनुभएको छ ।