राष्ट्रिय

दुई लाख घुससहित धुलिखेल मालपोतका खरिदार पक्राउ

- केएफएम डेस्ककाठमाडौं

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेको धुलिखेलस्थित मालपोत कार्यालयमा कार्यरत खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारीलाई दुई लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

 साविक दोलालघाट गाविस–७ मा रहेको फिल्ड बुकमा दर्ता छुट भएको जग्गा धनीको नाममा दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा आयोगको केन्द्रीय कार्यालयबाट गएको टोलीले भण्डारीलाई पक्राउ गरेको हो ।

 आयोगले खरिदार भण्डारीलाई मालपोत कार्यालय धुलिखेलको कार्यालय परिसरबाट पक्राउ गरेको हो । आरोपी भण्डारीमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।