झुम्का कारागारमा ४ दिनमा तीन कैदीबन्दीको मृत्यु
- काठमाडौंसुनसरीस्थित झुम्का कारागारमा चार दिनमा तीन जना कैदीबन्दीको मृत्यु भएको छ ।
एक जनामा उच्च ज्वरो र दुई जनाको श्वासप्रश्वासमा समस्या र वान्ता हुने लक्षण देखिएपछि उपचारका क्रममा मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । यस्तै १३ जना कैदीबन्दीलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
सप्तरीको राजविराज–८ का ४६ वर्षीय जलेश्वर यादवको उपचारका क्रममा मृत्यु भएको हो । गत सोमबार एकैदिन दुई जना कैदीबन्दीको मृत्यु भएको थियो । कारागार प्रशासनका अनुसार सुनसरीको गढी गाउापालिका–६ बस्ने ४८ वर्षीय रामदेव उराव र धरानका २४ वर्षीय सागर राईको मृत्यु भएको थियो ।
कैदीहरुमा एक सातायता उच्च ज्वरो, स्वासप्रश्वासमा समस्या, बान्ता हुने जस्ता लक्षण देखिएको थियो । कारागारको बी ब्लकमा बस्ने कैदीबन्दी बढी बिरामी देखिएका छन् । १ हजार ६ सय जना क्षमता भएको झुम्का कारागारको ब्लक ‘ए’ र ‘बी’ गरी अहिले १ हजार ७ सय ९५ जना कैदीबन्दी छन् ।