राष्ट्रिय

आज खग्रास चन्द्रग्रहण लाग्दै, नेपालबाट पनि अवलोकन गर्न सकिने

काठमाडौं

भाद्र शुक्ल पूर्णिमाका दिन आज खग्रास चन्द्रग्रहण लाग्दैछ । 

नेपालमा राती १० बजेर ११ मिनेटमा सुरु भई १ बजेर ४१ मिनेटमा पूरा हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । नेपाल सहित एसियाका धेरै देशबाट यो ग्रहणलाई सुरुदेखि अन्तसम्म अवलोकन गर्न सकिने जनाइएको छ । 

ज्योतिशास्त्रअनुसार मिथुन, कर्कट, सिंह र तुला, वृश्चिक, मकर, कुम्भ, मीन राशी भएकालाई ग्रहण नहेर्न निर्देश गरिएको छ भने अन्य राशिकाले भने हेर्न सकिने छ । 

 धार्मिक मान्यताअनुसार ग्रहणको केही घण्टा अगाडिदेखि नै सुतक लाग्छ । आज दिउँसो १ बजेर ११ मिनेटदेखि बालबालिका, वृद्ध र रोगी बाहेक अरूलाई भोजन निषेध गरिएको छ ।