राष्ट्रिय

तोडफोड र आगजनीपछि प्रहरीलाई काममा फर्किन समस्या

- केएफएम डेस्ककाठमाडौं

अघिल्लो साता देशव्यापी रुपमा भएको प्रदर्शन र तोडफोडपछि उत्पन्न परिस्थितीका कारण सुरक्षाकर्मी काममा फर्किन समस्या भएको नेपाल प्रहरीले बताएको छ । प्रहरी महानिरिक्षक चन्द्र कुबेर खापुङले आज भिडियो सन्देश जारी गर्दै आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीपछि नियमित काम कारबाहीमा फर्कन समस्या भएको बताउनुभयो ।

आन्दोलनका क्रममा ध्वस्त भएका कतिपय प्रहरी कार्यालय मर्मतका लागि सर्वसाधारणले गरेको सहयोगप्रति प्रहरीले आभार प्रकट गरेको छ । शान्ति सुरक्षाका लागि प्रतिबद्ध रहेको जनाउँदै प्रहरी महानिरिक्षक खापुङले सुव्यवस्था कायम राख्न सबै पक्षको एकता आवश्यक भएको बताउनुभयो ।

आन्दोलनका क्रममा प्रहरीका थुप्रै कार्यालयमा आगजनी र तोडफोड गर्दै प्रदर्शनकारीले हतियार र सञ्चार सामाग्री लुटपाट गरेका थिए ।