बुटवल तामनगरको पुल भासियो
- काठमाडौंपूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बुटवल तामनगरको पुल भासिएको छ । बुटवल १२ तामनगरमा रहेको पुल भासिदा पूर्व पश्चिम गर्ने मुख्य राजमार्ग नै अवरुद्ध भएको छ ।
पुल भासिएपछि सडकमा रोकिएका सवारीलाई प्रहरीले वैकल्पीक सडकमार्फत आवत जावत गराएको छ ।
नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार हिजो दिउँसोदेखि पुलको दाया बाँयाबाट माटो खस्न थालेको थियो ।
पुलका कारण सडकमा रोकिएका सवारीलाई अहिले पुल नजिकैबाट डाइभर्सन गरी सवारी संचालन गरिएको प्रहरीले जनाएको छ ।
सो क्षेत्रमा पछिल्लो समय बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक विस्तार आयोजनाअन्तरगत यो खण्ड चार लेनमा विस्तार सुरु गरिएका हो ।