राष्ट्रिय

३४ स्थानका ट्राफिक लाइट बन्द

- केएफएम डेस्ककाठमाडौं

जेनजी आन्दोलनका कारण ३४ स्थानका ट्राफिक लाइट बन्द भएपछि सेवा अवरुद्ध भएको छ ।

उपत्यकाका ७२ ट्राफिक लाइट मध्ये हाल ४३ वटा मात्र संचालनमा आएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयले जनाएको छ ।

उपत्यकामा ट्राफिक लाइट नहुंदा थप दुर्घटनाको जोखिम बढेको र थप ट्राफिक प्रहरी परिचालन गर्नु परेको कार्यालयका प्रहरी उपरीक्षक दीपक गिरीले बताउनुभयो ।

सवारी चालकमा अन्योलता, गति नियन्त्रणमा समस्याका साथै दुर्घटनाको संभावना बढाउन सक्ने र नियमन मान्ने प्रवृत्ति बढ्न सक्ने उहाले बताउनुभयो ।

प्रहरी उपरिक्षक गिरीकाअनुसार उपत्यकामामात्र दैनिकऔसतमा १२ देखि १३ लाखभन्दा बढी सवारी साधन सञ्चालनहुने गरेका छन् ।

उपत्यकाको ट्राफिक लाइट सडक विभागले स्थापना गरेर ट्राफिक प्रहरीलाई संचालनअनुमतिदिएको छ ।