राष्ट्रिय

राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

काठमाडौं

राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषद्ले भदौ ३० गते गरेको सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले आज राति १२ बजेदेखि लागू हुनेगरी राष्ट्रिय सभाको अधिवेशन अन्त्य गर्नुभएको हो ।

 राष्ट्रपति कार्यालयले अधिवेशन अन्त्यसम्बन्धी जानकारी संसद् सचिवालयलाई दिएको छ । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले अधिवेशन अन्त्यको सूचना प्राप्त भएको बताउनुभयो । प्रतिनिधिसभा यसअघि नै विघटन भइसकेको छ ।