बिलबिनाका सामान नकिन्न प्रहरीको आग्रह
- काठमाडौंकाठमाडौं प्रहरीले बिल बिनाका सामान नकिन्न सार्वजनिक अपिल गरेको छ । जेन–जी आन्दोलनका क्रममा लुटपाट र चोरी भएको भन्दै यसप्रति प्रहरीले सर्वसाधारणलाई सचेत गराएको हो ।
प्रदर्शनपछि बैंक तथा वित्तीय संस्था र व्यक्तिका घर र व्यापारिक प्रतिष्ठानहरुबाट लुटपाट भएकाले यस्ता सामान बिक्रीका लागि ल्याउन सक्ने आशंका गर्दै प्रहरीले बिल भर्पाही हेरेर मात्रै सुनचाँदी र गरगहना खरिद गर्न भनेको छ ।
सूचना र आह्वानलाई अवज्ञा गरेमा अपराध कानुनअनुसार संलग्नलाई कारबाही गरिने प्रहरीले चेतावनी दिएको छ ।