सिंहदरबार परिसरमा जलाइएका सवारीसाधन व्यवस्थापन गर्न उर्जामन्त्रीको निर्देशन
- काठमाडौंभौतिक योजना तथा यातायात व्यवस्था मन्त्री कुलमान घिसिङले जेन–जी प्रदर्शनका क्रममा सिंहदरबार परिसरमा जलाइएका सवारीसाधनलाई अन्यत्र लगी व्यवस्थापन गर्नुपर्ने बताउनुभएको छ ।
जलेका सवारीसाधनका कारण सिंहदरबार परिसर कुरूप देखिएकाले तिनलाई त्यहाँबाट हटाएर अन्यत्र लगी व्यवस्थापन गर्न उहाँले आज निर्देशन दिएको मन्त्री घिसिङको सचिवालयले जनाएको छ । उहाँले सामान्य आगलागी मात्र भएका भवनका बाहिर भागमा रङ रोगन गर्ने, मन्त्रालय तथा कार्यालय परिसरमा आगलागीबाट क्षति भएका सवारीसाधन तुरुन्त हटाउने र क्षतिको मूल्यांकन तत्काल गर्ने काममा जुट्न निर्देशन दिनुभयो ।
मन्त्री घिसिङले ‘हाम्रा संरचना हामी आफैँ बनाऔँ’ अभियानमार्फत सरकार, स्वदेश तथा विदेशमा रहेका नेपालीबाट सहयोग सङ्कलन गरी पुनर्निर्माण सुरु गरिने उल्लेख गर्नुभयो ।