जनमत पार्टीमा अध्यक्ष र संगठन विभाग प्रमुखको राजिनामा माग
- काठमाडौंजनमत पार्टीका पदाधिकारीसहित ६ जना नेताले अध्यक्ष सिके राउत र संगठन विभाग प्रमुख जयकान्त राउतलाई राजिनामा दिन आग्रह गरेका छन् ।
जेन–जी विद्रोहको प्रभाव देखाउँदै पार्टीमा समग्र पार्टीको हित तथा राजनीतिक विश्वसनीयता र जनआस्थाको पुनः स्थापनाका लागि नेतृत्व परिवर्तन अपरिहार्य भएको उनीहरुको भनाइ छ । वरिष्ठ उपाध्यक्ष अव्दुल खान‚ प्रवक्ता शरदसिंह यादव तथा नेताहरु सञ्जयकुमार यादव, सिके सिंह, राजाराम चौधरी र विक्रमवहादुर बमले अध्यक्ष र संगठन प्रमुखलाई २४ घण्टाभित्र राजिनामा दिन माग गरेका हुन् ।
पार्टीलाई थप सशक्त, लोकतान्त्रिक, जवाफदेही र जनउत्तरदायी संस्थामा रूपान्तरण गर्ने अभियानमा लाग्ने प्रतिवद्धतासहित उनीहरुले पार्टी नेतृत्व राजिनामा मागेका छन् । आन्तरिक विवाद बढ्दै जाँदा जनमत पार्टीका अध्यक्षलाई राजिनामा दिन माग भएको हो ।