तुइन खोलामा लगातार पहिरो, ढुंगाहरू खसी रहँदा जोखिम बढ्यो
- चितवननारायणगढ मुग्लिन सडकको मुग्लिन नजिक तुइन खोलामा हप्ता दिनयता दिन दिनै पहिरो खसेर बाटो थुनिने गरेको छ ।
ठूलो पहिरो नआए पनि माथिबाट सडकमा खस्ने ढुंगाले झनै जोखिम बढाएको छ ।
गएराति खसेको पहिरोले आज बिहानसम्म बाटो एक तर्फी मात्रै सञ्चालनमा छ ।
पहिरोमा आएको ढुंगाले लागेर एउटा यात्रु बसमा सामान्य क्षति भएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी र यात्रुले नै ढुंगा हटाएर एक घण्टापछि एक तर्फी बाटो खुलाएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिएसपी रविन्द्र खनालले जानकारी दिनुभयो ।
मुग्लिन बजारदेखि साढे दुई किलो मिटर पर नारायणगढ तर्फ रहेको तुइन खोलामा पनि पुल बनाउँदा पहाड ताछेपछि विगत तीन वर्षयता हरेक बर्खायाममा पहिरो खसेर पटक पटक बाटो बन्द हुने गरेको छ ।
भरतपुरको डिभिजन सडक कार्यालयले यात्रा गर्दा सचेत र सजग रहन अपिल गर्दै आएको छ ।