संविधान दिवस विविध कार्यक्रम गरी मनाईदै
- काठमाडौंसंविधान तथा राष्ट्रिय दिवस आज विविध कार्यक्रम गरेर मनाइँदैछ ।
संविधान घोषणा भएको दिन असोज ३ गते वर्षेनी संविधान दिवस मनाउदै आइएको छ ।
२०७२ साल असोज ३ गते संविधान सभामार्फत घोषणा भएको संविधानले १० वर्ष पुरा गरेको छ ।
दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा अहिले सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना गरिएको छ ।
समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नुहुनेछ ।
केही दिन अघि भएको आन्दोलनमा दर्जनौं युवाले सहादत प्राप्त गरेपछि हिजो मात्र राष्ट्रिय शोक दिवस मनाइएकाले दिवसका अवसरमा यसअघिजस्तो झाँकीलगायत कार्यक्रम राखिएको छैन ।
नेपाली जनताको लामो बलिदानीपूर्ण र लामो संघर्षको उपलब्धिकारुपमा दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मेहेनत र लामो विवादपछि नेपालको संविधान, २०७२ जारी गरेको थियो ।
बलिदानी र संघर्षबाट जनताले आफै बनाएको संविधानले १० वर्ष पुरा नगर्दै यसका कतिपय प्रावधानमा नागरिकले असन्तुष्टि जनाउँदै आएका छन् ।