राष्ट्रिय

जेनजी आन्दोलनबारे छानविन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

- केएफएम डेस्ककाठमाडौं

नेपाली कांग्रेसले जेनजी पुस्ताको आन्दोलनका क्रममा भएका आगजनी, तोडफोड र लुटपाटबारे छानविन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्न माग गरेको छ । 

ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा बसेको कंग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले आन्दोलनका क्रममा भएका घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाहीेको माग गर्ने निर्णय गरेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिनुभयो ।

नेपाली कंग्रेसले बदलिँदो परिस्थितिमा वर्तमान संविधानबाट मुलुकलाई निकास दिन सकिने निष्कर्ष निकालेको छ । संविधानको रक्षाका लागि सबै पक्षसँग सम्वाद गरिने प्रचार विभाग प्रमुख विश्वकर्माले बताउनुभयो ।

यसैबीच, नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको स्वास्थ्यमा सुधार भइरहेको जानकारी दिएको छ । देउवाको टाउकोमा चोट लागेको र उपचार भइरहेको नेता विश्वकर्माले जानकारी दिनुभयो ।

सभापति देउवा र कांग्रेस नेतृ आरजु राणामाथि निवासभित्रै भदौ २४ गते प्रदर्शनकारीबाट आक्रमण भएको थियो ।