२ महिनामा १ लाख ३६ हजार नागरिक वैदेशिक रोजगारीमा
- काठमाडौंचालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो २ महिनामा १ लाख ३६ हजार ८२ जना वैदेशिक रोजगारीका लागि गएका छन् ।
सो संख्या गत आर्थिक वर्ष २०८१÷८२ को पहिलो २ महिनाको तुलनामा करिव ३२ प्रतिशतले बढी भएको वैदेशिक रोजगार विभागले जनाएको छ । तीन वर्ष यता २३ लाख युवा रोजगारीको सिलसिलामा विदेश गएका छन् ।
औसतमा ७ लाख ६६ हजार नेपाली जनशक्ति वर्षेनी वैदेशिक रोजगारीमा जाने गरेको देखिएको छ । यसैबीच, विदेश जान श्रमस्वीकृति लिएका मध्ये ६४ प्रतिशत नयां कामदार हुने गरेका छन् । ३६ प्रतिशत भने विदामा आएर पुनश्रम स्वीकृति लिएका हुन् ।