नेपाल वायु सेवा निगमले आगामी बिहीबारदेखि चीनको ग्वाञ्जाओमा सिधा उडान गर्ने
- काठमाडौंराष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले आगामी बिहीबारदेखि चीनको ग्वाञ्जाओमा सिधा उडान भर्ने भएको छ ।
निगमले पहिलोपटक काठमाडौँ–ग्वाञ्जाओ उडान गर्न लागेको हो । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीका अनुसार उडानका लागि सबै प्रक्रिया पूरा भइसकेको छ । निगमले हरेक साता तीनवटा नियमित उडान भर्ने जनाएको छ ।
निगमले हरेक साता आइतबार, मङ्गलबार र शनिबार ग्वाञ्जाओ उडाने गर्नेछ । काठमाडौँबाट ग्वाञ्जाओसम्मको एकतर्फी भाडा ३० हजार र दोहोरो टिकट खरिद गरेमा ५० हजार रुपैयाँ लाग्ने छ ।
निगमले निकट भविष्यमै काठमाडौँबाट दक्षिण कोरिया र अष्ट्रेलियामा पनि सिधा उडान सुरु गर्ने तयारी गरिरहेको बताएको छ ।