राष्ट्रिय

नारायणगढ मुग्लिन सडक एकतर्फी सञ्चालन

- रमेशकुमार पौडेलचितवन

शुक्रबार साँझदेखि पहिरोले अवरूद्ध नारायणगढ मुग्लिन सडक आज साँझ सवा चार बजेबाट एकतर्फी सञ्चालनमा आएको छ । 

मुग्लिन नजिक तुइनखोलामा सुख्खा पहिरो आएपछि शुक्रबार साँझदेखि नै सडकमा हजारौं गाडी र यात्रु जाममा परेका छन् । भरतपुरको डिभिजन सडक कार्यालयले चालकहरूलाई लेन अनुशासनमा रहेर गाडी चलाउन अपिल गरेको छ । 

पहिरो सफा गरे पनि सो क्षत्रमा ढुंगा झर्ने जोखिम कायमै छ ।