राष्ट्रिय

बर्दियामा निषेधाज्ञा जारी

- केएफएम डेस्ककाठमाडौं

जिल्ला प्रशासन कार्यालय, बर्दियाले हिजो देखि अर्को आदेश नभए सम्म राती १० बजेदेखि विहान ५ बजे सम्म निषेधाज्ञा जारी गरेको छ ।

चाडपर्वका समय हुन सक्ने अराजक गतिविधी रोक्न निषेधाज्ञा लागु गरेको हाम्रा सहकर्मीले जनाएका छन् । गत भदौ २८ गते देखि प्रत्येक दिन सॉझ ६ बजे देखि विहान ६ बजे सम्मको निषेधाज्ञा जारी गरेको थियो ।

गुलरिया नगरपालिकाको पूर्व गणेशपुर देखि पश्चिम बबई क्याम्पस,उत्तरमा जिल्ला समन्वय समितिको कार्यालय र दक्षिणमा भारतीय सीमा नाका सम्म लागु गरेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताउनुभयो ।

नागरिकको सुझाव र जिल्ला सुरक्षा समितिले गरेको समिक्षा बमोजिम अर्को आदेश नभए सम्म जारी रहने प्रजिअ पौडेलको भनाइ छ ।

सो आदेशको बर्खिलाप गरि विना स्वीकृती ५ जना बढी व्यक्ति आवतजावत गरे वा भेला,जुलस।सभा जस्ता निषेधित कार्य गरे सुरक्षाकर्मीले नियंत्रणमा लिई कारवाही गर्ने भनिएको छ ।

निषेधाज्ञाका समय आवश्यक काम परे प्रहरी प्रशासनलाई जानकारी गराउनु पर्नेछ ।