साढे २ अर्ब व्यापार घाटा
- काठमाडौंचालु आर्थिक वर्ष २०८२/८३ को पहिलो २ महिनामा २ खर्ब ५७ अर्बको व्यापार घाटा भएको छ ।
दुई महिनाको अवधिमा जम्मा वैदेशिक व्यापार साढे ३ खर्ब रुपैयां भएकामा आयात मात्र ३ खर्ब ५ अर्ब रहेको भन्सार विभागले जनाएको छ ।
यस्तै निर्यात भने ४७ अर्ब ३१ करोड भएको भएको छ ।
निर्याततर्फ वनस्पति तेलको हिस्सा पहिलो स्थानमा छ ।
२३ अर्ब ५६ करोड रुपैयांको वनस्पति तेल निर्यात भएको छ । कार्पेट, कफी, चिया, नेपालबाट बढी निर्यात हुने वस्तुमा पर्छन् ।
आयात धेरै भएका वस्तुको पहिलो स्थानमा कच्चा सोयाविन तेल छ । दोस्रो स्थानमा डिजेल, तेस्रो स्थानमा डीएपी मल छ ।
यस्तै, निर्यात धेरै भएका वस्तुको पहिलो स्थानमा सोयाबिन तेल छ । दोस्रोमा कार्पेट, सुर्यमुखी तेल रहेको छ ।