राजनीतिक गतिविधिमा रोक लगाउन रास्वपाको माग
- काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले तत्कालिन प्रधानमन्त्री केपी ओलीसहितका नेतालाई राजनीतिक गतिविधिमा रोक लगाउन माग गरेको छ ।
छानबिन प्रतिबेदन नआउँदासम्म रास्वपाले ओली, तत्कालिन गृहमन्त्री रमेश लेखक र सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङलाई राजनीतिक क्रियाकलापमा रोक लगाउन सरकारसँग माग गरेको हो ।
यस्तै रास्वपाले उच्च सार्वजनीक ओहदामा बसेकाहरुको सम्पत्ति छानबिनको पनि माग गरेको छ ।
नेताका घरमा भेटिएको भनिएको अवैध सम्पत्तिको छानबिनका लागि पनि रास्वपाले सरकारसँग माग गरेको छ ।
रास्वपाको केन्द्रीय समितिको बैठकले नख्खु कारागारबाट पार्टी सभापति रवि लामिछाने निस्किएको प्रकरणलगायतको छानबिन गर्न समिति बनाउने निर्णय गरेको छ ।