पार्टी पुर्नगठन गर्नुको विकल्प छैनः योगेश भट्टराइ
- काठमाडौंएमालेका सचिव योगेश भट्टराईले बदलिदो परिस्थितिमा पार्टी पुर्नगठन गर्नुको विकल्प नभएको बताउनुभएको छ । गल्ती कमजोरी स्वीकार्दै नयाँ ढंगमा अघि बढ्नुपर्ने उहाँको भनाइ छ । सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा राख्दै भट्टराईले गल्ती र कमजोरीबाट सिक्दै संकट समाधानका लागि काम गर्नुपर्ने बताउनुभयो ।
जेन जी पुस्ताको आन्दोलनपछि पार्टीहरुभित्र रुपान्तरणको बहस भइरहँदा एमाले सचिव भट्टराईको पछिल्लो अभिव्यक्ति आएको हो । एमालेलाई नयाँ चेतनाले पुर्नगठन गर्नुपर्ने उहाँको भनाइ छ ।
नयाँ पुस्ताको चाहना अनुसार अघि बढ्नुपर्ने र चुनावमार्फत संविधानलाई ट्रयाकमा ल्याउनुपर्ने भट्टराईले उल्लेख गर्नुभयो ।