बाबुराम भट्टराईद्वारा पार्टी अध्यक्ष त्यागेको घोषणा
- काठमाडौंपूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले नयाँ पुस्तालाई प्रोत्साहन, पुराना दलको नेतृत्वलाई दबाब दिन अध्यक्ष पद त्याग गरेको बताउनुभएको छ ।
जेन जी आन्दोलनको भावनालाई सम्मान र समर्थन गर्दै पद त्याग गरेको भट्टराईको भनाइ छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उहाँले पार्टीको जिम्मेवारी र कार्यकारीबाट मुक्त भए पनि नयाँ वैकल्पिक शक्तिको अभियानलाई निरन्तर सघाउने बताउनुभयो ।
युवाहरुको विद्रोहलाई कतिपय दलले गलत भाष्यसँग जोडेको भन्दै भट्टराईले आपत्ति जनाउनुभयो । आन्दोलनलाई विदेशीको षड्यन्त्र भनेर बुझ्न नमिल्ने उहाँको भनाइ थियो ।
भट्टराईले शासकीय स्वरुप र निर्वाचन प्रणाली नसच्याएसम्म मुलुकमा राजनीतिक स्थिरता नहुने दावी गर्नुभयो ।