राष्ट्रिय

पूर्व राजनीतिक तथा प्रशासनिक पदाधिकारीले कानून विपरीत लिएका सुविधा कटौती गर्न अर्थ मन्त्रालयको निर्देशन

काठमाडौं

अर्थ मन्त्रालयले पूर्व राजनीतिक तथा प्रशासनिक पदाधिकारीले प्रचलित कानून विपरीत लिएका सुविधा कटौती गर्न निर्देशन दिएको छ । अनुत्पादक खर्च कटौती तथा मितव्ययिता कायम गर्न मन्त्रिपरिषद्को असोज ५ मा भएको निर्णयबमोजिम सेवा निवृत्त भइसकेका पूर्व राजनीतिक तथा प्रशासनिक पदाधिकारीलाई प्रचलित कानुनमा उल्लेख भएका र स्वीकृत मापदण्ड बमोजिमका सेवा सुविधा मात्र प्रदान गर्न/गराउन मन्त्रालयले भनेको छ ।

 कानुनबमोजिम बाहेक उपलब्ध गराइएका भए त्यस्ता सवारीसाधन, जिन्सी सामान, सहयोगी, सुरक्षाकर्मी फिर्ता गर्ने र अन्य सेवा सुविधा स्थगन गर्ने कार्य शीघ्र कार्यान्वयन गर्न/गराउनका लागि अर्थ मन्त्रालयले आज गृह मन्त्रालय तथा रक्षा मन्त्रालयलाई पत्रमार्फत निर्देशन दिएको हो ।