जेनजीको माग अनुसार सरकार अघि बढ्छः शिक्षामन्त्री पुन
- काठमाडौंशिक्षामन्त्री महावीर पुनले जेनजीको माग सम्बोधन गर्ने गरेर सरकारले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
आन्दोलनका क्रममा घाइते भएकालाई भेट्न विभिन्न अस्पताल पुगेका मन्त्री पुनले सो धारणा व्यक्त गर्नुभएको हो ।
उहाँले घाइतेहरुको स्वास्थ्यमा सुधार आइरहेकाले आवश्यक सहयोग सरकारले गर्ने उल्लेख गर्नुभयो । त्यस्तै, मन्त्री पुनले प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्थाबारे तत्काल भन्न सक्ने अवस्था नभएको जिकिर गर्नुभयो ।
मन्त्री पुनले अन्तरीम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा गरेको सम्बोधन अनुसार नै काम अगाडी बढ्ने उल्लेख गर्नुभयो ।