राष्ट्रिय

भ्रष्टाचार र बेथितिविरुद्ध काठमार्डाैमा राप्रपाको प्रदर्शन

- केएफएम डेस्ककाठमाडौं

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले भ्रष्टाचार र बेथितिविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ ।

 माइतीघर मण्डलामा भेला भई राप्रपाका नेता–कार्यकर्ताले विभिन्न माग राखी प्रदर्शन गरेका हुन् । उनीहरुले भ्रष्टाचारीलाई कारबाही, प्रदेश खारेजी, राजसंस्था र हिन्दु राष्ट्र, संविधानको पुनः लेखन, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने लगायत माग गरेका थिए ।

 प्रदर्शनका क्रममा बोल्दै राप्रपाकी युवा नेता खुश्वु ओलीले भ्रष्टाचार र अनियमितताविरुद्ध आफूहरुले गरेको खबरदारीलाई वेवास्ता गरिएकाले अहिलेको अवस्था आएको बताउनुभयो ।

जेन जी आन्दोलनपछि मुलुकलाई दुर्घटनाबाट जोगाउन नवीन समझदारी गर्नुपर्ने माग समेत राखिएको छ । वर्तमान संविधानमा संसोधन गर्दै अघि बढ्नुपर्ने ओलीको भनाइ थियो । राप्रपाले २०४६ सालपछिका उच्चपदस्थ पदमा पुगेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्नुपर्ने माग गर्दै आएको छ ।