सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु
- काठमाडौंआज बिहान सल्यानमा फोर्स गाडी दुर्घटना भएको छ । दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । २ जना गम्भिर घाईते भएका छन् ।
रुकुम पश्चिमबाट दाङ जादै गरेको फोर्स गाडी राप्ती राजमार्ग अन्तर्गत कुपरकोट गाउँपालिका ३ चोरखोला नजिकै दुर्घटना हुँदा १ महिला र २ पुरुष गरी ३ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरिक्षक बाबुराम बस्नेतकाअनुसार दुर्घटनामा परि मृत्यु हुनेमा २७वर्षका प्रकाश केसी, शशिधर केसी र ६८ की पवी केसी रहेका छन् ।
गम्भिर घाईते रुकुम जिल्लाको बाफिकोट गाउँपालिका ५ का ४७वर्षीय खगेन्द्र केसी र ३६ वर्षीया बिना केसीको प्रादेशिक अस्पताल तुलसिपुरमा सामान्य उपचार पश्चात थप उपचारको लागि नेपालगन्ज लगिएको छ ।
दुर्घटनामा मृत्यु भएकाको ठेगाना भने नखुलेको प्रहरीले जनाएको छ । गाडी दुर्घटनाको कारण खुल्न नसकेको र गाडी सडक देखि २ सय मिटर तल खसेको प्रहरीको भनाइ छ ।