राष्ट्रिय

जेन जी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण गर्ने सरकारको निर्णय

- केएफएम डेस्ककाठमाडौं

सरकारले जेन जी आन्दोलनका क्रममा घाइतेको पहिचान र प्रभावकारी उपचारको व्यवस्था मिलाउनका लागि परिचयपत्र वितरण गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णण गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिनुभयो ।

मन्त्रीपरिषद्को बैठकले मुग्लिन पोखरा सडक खण्ड अन्तर्गत मुग्लिन देखि र्मस्याङ्दी जलविद्युत गृहसम्म गोरखा तर्फको क्षेत्रमा थप सडकको रेखाङ्कन गर्ने प्रक्रियाका लागि स्वीकृति दिएको छ ।

यसैबीच, प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख सल्लाहकारमा पत्रकार अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकारमा गोविन्दनारायण तिमल्सिना नियुक्त हुनुभएको छ ।