हर्क साम्पाङद्वारा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन
- काठमाडौंगत स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिदै धरान उपमहानगरपालिकाका मेयर बनेका हर्क साम्पाङले दल बनाउनुभएको छ ।
साम्पाङले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिनुभएको छ । उहाँले दलको नाम ‘राष्ट्रिय श्रम संस्कृति पार्टी’ प्रस्ताव गर्दै चुनाव चिन्ह “माटोको ढिस्को” दिन माग राख्नुभएको छ ।
दल दर्ताका लागि साम्पाङले पेश गरेको कागजात रुजु गर्ने प्रक्रियामा रहेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
आयोगका अनुसार सबै मापदण्ड पूरा भएमा दसैं बिदा सकिएपछि दल दर्ता हुने छ । साम्पाङले २०७९ सालको स्थानीय तह निर्वाचनमा लौरो चिह्न लिएर उम्मेदवारी दिनुभएको थियो । उहाँले २० हजार भन्दा बढी मत ल्याएर धरानको मेयर जित्नुभएको थियो ।
जेन जी आन्दोलनपछि प्रधानसेनापति अशोकराज सिग्देलसँगको भेटमा सहभागी भएका साम्पाङ र काठमाडौंका मेयर बालेन साहबीच भने सामाजिक सञ्जालमा आपसी टिकाटिप्पणी समेत भएको थियो ।