राष्ट्रिय

सभापति देउवाविरुद्ध गलत प्रचार भयोः कांग्रेस प्रवक्ता महत

- केएफएम डेस्ककाठमाडौं

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध गलत प्रचार भइरहेको दाबी गर्नुभएको छ । सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता महतले सभापति देउवालाई निरुत्साहित गराउन विभिन्न अफवाह फैलाइएको बताउनुभएको हो ।

प्रवक्ता महतले सभापति देउवाले पासपोर्ट बनाएको विषयमा समेत गलत भाष्य बनाइएको भन्दै आपत्ति जनाउनुभएको छ । देउवाले देश छाड्नुपने कुनै कारण नभएको महतको भनाइ थियो ।

सभापति देउवा र उहाँकी पत्नी आरजु देउवाले असोज ३ गते सार्वजनिक बिदाको दिन पासपोर्ट बनाएको विवरण सार्वजनिक भएका छन् । सो बिषयलाई लिएर विरोध भइरहेका बेला कंग्रेसका प्रवक्ताको पछिल्लो अभिव्यक्ति सार्वजनिक भएको हो ।