राष्ट्रिय

शान्ति सुरक्षालाई मजबुत बनाउन मानव अधिकार आयोगको आग्रह

- केएफएम डेस्ककाठमाडौं

राष्ट्रिय मानव अधिकार आयोगले शान्ति सुरक्षालाई मजबुत बनाउने सरकारको प्रयासमा सहयोग गर्न आग्रह गरेको छ । 

आयोगले आज विज्ञप्ती जारी गर्दै संवेदनशील समयमा सेवा प्रवाहमा समस्या नहुने वातावरण सुनिश्चित गर्दै आवश्यक संयन्त्र र तयारी मिलाउन आग्रह गरेको हो । 

सार्वजनिक बिदा तथा चाडपर्वको समयमा सर्वसाधारणको आवतजावतमा कठिनाइ, अपराधका घटनामा वृद्धि, महँगी तथा कालोबजारीको सम्भावना, साथै सार्वजनिक सेवा र आपूर्तिमा अवरोध हुनेतर्फ आयोगले सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

 यसैबीच, आयोगले दसैं, तिहार र छठजस्ता प्रमुख चाडपर्वको बिदाका दिनमा पनि आफ्ना कार्यालय खुला राख्ने निर्णय गरेको छ ।