राष्ट्रिय

सवारी चलाउँदा सतर्कता अपनाउन ट्राफिक प्रहरीको आग्रह

- केएफएम डेस्ककाठमाडौं

ट्राफिक प्रहरीले सवारी साधन चलाउँदा सतर्कता अपनाउन आग्रह गरेको छ । काठमाडौंमा आयोजित ‘ट्राफिक वाक’ कार्यक्रममा बोल्दै ट्राफिक तथा प्रहरी अधिकारीहरुले सो आग्रह गरेका हुन् ।

चाडपर्वलाई सुरक्षित र दुर्घटनारहित बनाउन ट्राफिक नियमको पालना गर्नुपर्ने उनीहरुको भनाइ छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले सवारी चलाउँदा चर्को आवाज निकाल्ने गरि सवारी नचलाउन आग्रह गर्नुभयो ।

जेन जी आन्दोलनका क्रममा ट्राफिक कार्यालय र पोष्ट समेत जलाइएपछि सवारी व्यवस्थापनमा समस्या देखिदै आएको छ । चाडपर्वको समयमा मादक पदार्थ सेवन गर्ने, तीब्र गतिमा सवारी गुडाउने तथा लागूपदार्थको सेवन गर्दा बढी दुर्घटना हुने गरेको ट्राफिक प्रहरीको तथ्याङ्क छ ।