इभी र ट्रक ठोक्किएर भएको दुर्घटनामा ९ जना घाइते
- काठमाडौंचितवन–नारायणगढ मुग्लिन सडकको मुग्लिन नजिकै दुई नम्बर पुलमा आज बिहान ट्रकसँग ईभी माइक्रो बस ठोक्किदा नौजना घाइते भएका छन् ।
घाइतेमध्य चारजनाको अवस्था मध्यम र अरूको सामान्य रहेको चितवन प्रहरीले जनाएको छ ।
बिग्रेर सडक छेउ रोकी राखेको बा ४ ख ११४० नम्बरको ट्रकसँग बा प्र ०६–००१ ज ००६९ नम्बरको इभी माइक्रोबस ठोक्किएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रविन्द्र खनालले जानकारी दिनुभयो ।
मुग्लिनदेखि दुई किलो मिटर पश्चिम नारायणगढ तर्फ आज बिहान साढे चार बजे तिर उक्त घटना भएको थियो । माइक्रो बस नारायणगढबाट मुग्लिन तर्फ जाँदै थियो ।
घाइतेहरूको भरतपुरमा रहेको पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको डिएसपी खनालले बताउनुभयो ।
घाइतेमध्ये ६ जना नवलपरासी (बर्दघाट सुस्ता पुर्व) कावासोती नगरपालिका–७ छन् ।
त्यसै गरि कावासोती–८ का एकजना र देवचुली नगरपालिका–३ का दुईजना रहेको चितवन प्रहरीले जनाएको छ ।