प्रधानमन्त्री कार्कीले यसवर्ष बडादसैँको टीका नलगाउने
- काठमाडौंप्रधानमन्त्री सुशीला कार्कीले बडादसैँका अवसरमा यसवर्ष टीका नलगाउने हुनुभएको छ ।
बडादसैँ हर्सोल्लासका साथ मनाउने पर्व भए पनि जेनजी पुस्ताको आन्दोलनका क्रममा युवाहरूले ज्यान गुमाउनु परेको दुःखद क्षण तथा धेरै घाइते भएको पीडा अझै ताजै भएकाले प्रधानमन्त्री कार्की आफूले पनि टीका नलगाउने र अरुलाई पनि टिका नलगाइदिने उहाँको सचिवालयले जनाएको छ ।