राष्ट्रिय

उज्यालो नेपालमा मेरो आबद्धताबारे छलफल भएको छैन : कुलमान घिसिङ

काठमाडौं

अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टी र सो पार्टीका अध्यक्षसँग जोडेर आफूलाई सामाजिक सञ्जाल तथा विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ । 

मन्त्री घिसिङले सूचनामा उल्लेख गरिएजस्तो आफ्नो सो पार्टीमा आबद्धताका बारेमा कुनै किसिमका छलफल नभएको समेत स्पष्ट पार्नुभएको छ । सामाजिक सञ्जालमा लेख्दै मन्त्री घिसिङले सो पार्टीसँग आफ्नो आबद्धता नभएको उल्लेख गर्नुभएको छ । 

प्रचार गरिएजस्तो जुम बैठकमा आफ्नो सहभागिता नरहेको र छलफल नै नगरी दुषित मनशायका साथ तथ्यहीन सामग्री प्रचारप्रसार गरिएको उहाँको भनाइ छ ।