राजमार्गमा रोकिएका यात्रुलाई सुरक्षित राख्न आग्रह
- काठमाडौंराष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले राजमार्गमा रोकिएका यात्रुलाई सुरक्षित स्थानमा राख्दै खानपान र स्वास्थ्य उपचारलगायत आवश्यक बन्दोवस्त गर्न आग्रह गरेको छ ।
प्राधिकरणले जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै अलपत्र यात्रुलाई सम्बन्धित स्थानीय तह, यातायात व्यवसायी एवं सरकारी तथा गैरसरकारी सङ्घसंस्थाको समन्वयमा आवश्यक सहयोग गर्न आग्रह गरेको हो । यसैबीच, प्राधिकरणले काठमाडौँ उपत्यकाका नदी खोला किनारका करिडोरमा भोलि बिहान ६ः०० बजेसम्म सवारी आवागमनमा रोक लगाइएको छ ।
काठमाडौंका नदी क्षेत्रमा पानीको सतह निकै बढेकाले करिडोर सडकमा आवागमन रोक लगाइएको हो । नदी खोलामा पानीको तह थप बढ्ने एवं नदी खोला किनारका सडक डुबानमा परी जोखिम बढ्ने सम्भावना रहेको प्राधिकरणको भनाइ छ । यसैबीच, नदि किनारमा रहेका वस्तीका बासिन्दालाई अन्यत्र सार्न थालिएका छन् ।