राजमार्गका एम्बुलेन्स गन्तव्यमा पु¥याउन सहयोग गर्नुः गृह मन्त्रालय
- काठमाडौं
राजमार्गमा अलपत्र एम्बुलेन्सलाई गन्तव्यमा पु¥याउन सहयोग गर्न गृह मन्त्रालयले भनेको छ ।
देशभर गए रातिदेखि सुरु भएको अविरल वर्षाका कारण राजमार्ग अवरुद्ध हुनुका साथै मनसुनजन्य विपद्को अवस्थालाई मध्यनजर गर्दै गृहले यस्तो निर्देशन जारी गरेको हो ।
गृह मन्त्रालयले आज एक विज्ञप्ति सार्वजनिक गर्दै ७७ जिल्लाका प्रमुखहरुलाई आठ बुदेँ निर्देशन जारी गरेको हो ।
बाढीपहिरोका कारण तत्काल उद्धार गर्न परे शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखामा सम्पर्क गर्न अनुरोध गरेको छ ।
प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरुलाई २४ सै घन्टा कार्यालयमा उपस्थित हुन पनि गृहले निर्देशन दिएको छ ।