विपद्लाई लक्षित गर्दै सैनिक हेलिकोप्टर ‘स्ट्याण्ड बाई’ अवस्थामा
- काठमाडौंअविरल वर्षाका कारण आइपर्नसक्ने विपद्लाई लक्षित गरेर सरकारले उद्धारका लागि सैनिक हेलिकोप्टर ‘स्ट्याण्ड बाई’ अवस्थामा राखेको छ ।
गृह मन्त्रालयका सूचना अधिकारी उपसचिव रवीन्द्र आचार्यले सबै सुरक्षा निकायलाई विपद् प्रतिकार्यका लागि परिचालित गरिएको बताउनुभयो । यसैक्रममा आवश्यकता अनुसार परिचालित हुने गरी सैनिक हेलिकोप्टरलाई तैनाथ राखिएको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले बताउनुभयो ।
सेनाको हवाई उद्दार टोली सुर्खेत, काठमाडौं र इटहरीमा ‘स्ट्याण्ड बाई’ छ । कतिपयलाई सुरक्षित स्थानमा सार्ने प्रयास समेत भइरहेको गृह मन्त्रालयले जनाएको छ । यसैबीच, नेपाल प्रहरीले बाढी र पहिरोका कारण अवरुद्ध भएका प्रमुख राजमार्ग तत्काल नखुल्ने भएपछि यात्रु र सवारी चालकलाई सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ ।