राष्ट्रिय

काठमाडौंबाट छ्ट्ने रात्रीबस साँझ ५ बजेभित्र नागढुंगा पुग्नुपर्ने

- केएफएम डेस्क

बाढीपहिरो तथा विपद्को सम्भावित घटनालाई मध्यनगर गर्दै लामो दूरीका रात्रिकालीन बसलाई साँझ ५ बजेभित्रमा पुगेकालाई मात्रै नागढुंगाबाट काठमाडौं बाहिर जान अनुमति दिइएको छ ।

 रातिको समयमा जोखिम बढ्ने भएकाले जोखिम मोलेर सवारीसाधन नचलाउन उपत्यका ट्राफिक प्रहरी कार्यालयले आग्रह समेत गरेको छ ।

आज बिहानदेखि कम्तीमा पनि २ सयको हाराहारीमा नागढुङ्गाबाट लामो तथा छोटो दूरीका सवारीसाधन बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ । यसैबीच, कुलेखानी–फाखेल–फर्पिङ सडकमा पनि सवारी साधन संचालनमा आएका छन् । 

यसैबीच पासाङल्हामु राजमार्गमा पर्ने रसुवाको गोसाईकुण्ड गाउँपालिका २ स्थित घट्टेखोला, बालुवाखानी र तातोपानीमा खसेको पहिरोको कारण सवारीसाधन चल्न सकेको छैन । रसुवाको गोसाईकुण्ड गाउँपालिका २ रसुवागढीस्थित नेपाल र चीन नाका जोड्ने मितेरी पुल पनि अझै सञ्चालनमा आउन सकेको छैन ।

 उता, अविरल वर्षाले सडकमा जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय रामेछापले खुर्कोट–मन्थली–खिम्ति–मिल्ती सडक खण्डमा रात्रिकालीन सवारी आवागमन निषेध गरेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार, आगामी शुक्रबारसम्म साँझ ५ देखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको हो ।