राष्ट्रिय

पूर्व तयारीका कारण ठूलो मानविय क्षति भएनः मन्त्री घिसिङ

- केएफएम डेस्ककाठमाडौं

विपद् सम्बन्धी पूर्व तयारीका कारण ठूलो मानविय क्षति हुन नपाएको सरकारले दाबी गरेको छ । 

अविरल वर्षापछि उत्पन्न परिस्थितिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङले सो दाबी गर्नुभएको हो । विभिन्न क्षेत्रमा पहिरोका कारण जनधनको क्षति भएपनि बाढीका कारण हताहती नभएको उहाँको भनाइ छ । सुरक्षा निकायको तदारुकताका कारण क्षति कम गर्न सकिएको मन्त्री घिसिङले बताउनुभयो ।

मन्त्री घिसिङका अनुसार विपी राजमार्गको भकुण्डे–नेपालथोक खण्डमा भएको अवरोध हटाउन केहि समय लाग्ने देखिएको छ । सो क्षेत्रबाट यात्रा गर्नुको साटो वैकल्पिक मार्ग प्रयोग गर्न उहाँले आग्रह गर्नुभयो ।

मन्त्री घिसिङका अनुसार सिंचाईतर्फ १० करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।