मुलुकभरका एक दर्जनबढी सडक अवरुद्ध
- काठमाडौंबाढी र पहिरोका कारण मुलुकभरका एक दर्जनबढी सडक अवरुद्ध भएका छन् । बाढी र पहिरोले १३ वटा राजमार्ग पूर्णरुपले अवरुद्ध भएका हुन् ।
राजमार्ग अवरुद्ध हुँदा सडक यातायात सेवा ठप्प भएको छ ।
सडक विभागका अनुसार कोसी लोकमार्गका विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ ।
मध्यपहाडी राजमार्ग र सिद्धिचरण लोकमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ ।
बीपी राजमार्ग पनि अवरुद्ध हुँदा सवारी आवागमन ठप्प भएको छ ।
अरनिको राजमार्ग पनि विभिन्न ठाउँमा अवरुद्ध भएको छ ।
कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौं सडकखण्ड दुईतर्फी नै अवरुद्ध भएको छ ।
मुख्य राजमार्ग र सडकखण्डमा अवरोध हुँदा पर्व मनाएर कर्मथलो फर्किन लागेका सर्वसाधारण समस्यामा परेका छन् ।