आज कोजाग्रत पूर्णिमा
- काठमाडौंबडादसैँ पर्व आजदेखि समापन हुँदैछ । धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित कोजाग्रत पूर्णिमामा जाग्राम बसेसँगै यस वर्षको दसैं विधिवतरुपमा सकिदैछ ।
आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमामा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडादसैँ पर्व समापन हुनेछ ।
आजैदेखि विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि सम्पन्न हुनेछ ।
आजै साँझ जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि पवित्र तीर्थस्थलमा लगी सेलाउने गरिन्छ ।
लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले कोजाग्रत पूर्णिमा पर्वको विशेष महत्व छ ।