राष्ट्रिय

मौसममा सुधार आउँदै

- केएफएम डेस्ककाठमाडौं

वर्षा गराउने मौसमी प्रणाली नेपालबाट बाहिरिएसँगै देशभरको मौसममा सुधार आएको छ ।

हिजो अत्याधिक वर्षा भएको कोशी प्रदेशका विभिन्न भागमा समेत आज बिहानै देखि मौसम खुलेको छ ।

मनसुन कमजोर भई मौसममा सुधार आएपनि मनसुन भने अझै बाहिरिइ नसकेको मौसमविद प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

अझै पनि वर्षा हुने सम्भावना रहेको उहाँको भनाइ छ ।

वर्षा गराउने न्यून चापीय मौसम प्रणाली भने नेपालबाट बाहिरिएको मानन्धरले बताउनुभयो ।

जसका कारण भारी वर्षा तत्कालका लागि टरेको छ ।

तर मनसुन अझै बाँकी रहेको उहाँको भनाइ छ ।

बंगालको खाडीमा विकास भएको न्यूनचापीय प्रणालीका कारण नेपालमा गत शुक्रबार साँझदेखि हिजोसम्म मनसुन सक्रिय भएको थियो ।