राष्ट्रिय

६ देशका महिला आरोहीलाई हिमाल आरोहण गर्न तालिम

- केएफएम डेस्ककाठमाडौं

हिमाल आरोहणमा महिलाको सहभागितालाई प्रर्वद्धन गर्ने लक्ष्यसहित दोलखाको रोल्वालिङ क्षेत्रको रामदुङ हिमालमा ६ देशका महिला आरोही हिमाल आरोहण गर्न तालिम र तयारी गरिरहेका छन् ।

महिला पर्वतारोहणको सहकार्य नाम दिईएको सो टोलीले अन्तराष्ट्रिय रुपमा हिमाल आरोहणमा महिलाको सहभागितालाई प्रवद्धन गर्ने लक्ष्यसहित ५ हजार ९ सय ३० मिटर अग्लो रामदुङ आरोहण गर्ने लक्ष्य लिएका छन् ।

रामदुङ हिमाल आरोहण २०२५ अभियानमा नेपाल, अमेरिका, अफगानिस्तान, भारत पाकिस्तान र ताजिकिस्तानका ८ जना महिलाको सहभागिता रहेको छ ।

जसको नेतृत्व अमेरिकाकी पथ प्रदर्शक महिला डानिका गिल्बर्टले गर्नुहुनेछ ।

उनीहरुलाई पथ प्रदर्शका रुपमा अन्तराष्ट्रिय पथ प्रदर्शक पासाङ किदर शेर्पा र मिङमा छिरि शेर्पाले गर्नुहुनेछ ।