राष्ट्रिय

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लाग्दा महिलाको मृत्युु

- केएफएम डेस्क


मोबाइल चार्ज गर्नेक्रममा करेन्ट लाग्दा धनकुटाको सहिदभुमी गाउँपालिका २ साम्भुगाउँमा एक महिलाको मृत्यु भएको छ ।

घटनामा स्थानीय ६४ वर्षीया सोममाया राईको मृत्यु भएकोे प्रहरीले जनाएको छ ।

करेन्ट लागेर घाइते भएकी राईको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्युु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन कार्कीले जानकारी दिनुभयो ।

मोबाइल फोन चार्जबाट निकाल्ने क्रममा गत बिहिवार बायाँ हातमा करेन्ट लागेको जनाईएको छ ।

जिल्ला अस्पतालमा शब पोस्ट्मार्टम गरि परिवारलाई जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।