राष्ट्रिय

वीपी राजमार्गको डाइभर्सन निर्माण सुरु

- केएफएम डेस्ककाठमाडौं

असोज १७ र १८ गते परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट क्षतिग्रस्त वीपी राजमार्गको डाइभर्सन निर्माण सुरु गरिएको छ ।

काभ्रेको चौकीडाँडाबाट डाइभर्सनको काम सुरु गरिएको हो ।

सडक डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर दुर्गा प्रसादका अनुसार विपी राजमार्ग अन्र्तगत भकुण्डे–नेपालथोक सडक खण्डको १७ स्थानमा रोशी खोलाले क्षति पु¥याएको छ ।

विपी राजमार्ग अन्र्तगत चौंकीडाँडा, बोक्सेकुना, माम्ती, चारवेशी, घुमाउने लगायतका स्थानहरुमा निकै नै जोखिम रहेको उहाँको भनाइ छ ।

हिजोबाट नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको सिमा क्षेत्र चौंकीडाँडाबाट मर्मत कार्यको थालनी गरिएको हाम्रा सहकर्मीले जनाएका छन् ।

बर्दिबासदेखि धुलिखेलसम्म कुल १६० किलोमिटर लामो बिपी राजमार्गको काभ्रेको भकुण्डेबसी खण्डदेखि नेपालथोकसम्म गत वर्षको असोज महिनाको १०, ११ र १२ गतेको अविरल वर्षापछिको रोशी खोलामा आएको बढीले १० किलो मिटरभन्दा बढी सडक भत्काएको थियो ।

त्यसलाई अस्थायी मर्मत गरेर सञ्चालनमा ल्याएको वर्ष दिन नपुग्दै असोजको १७ र १८ गतेको वर्षाले पुनः क्षति गराएको छ ।