मुलुकका विभिन्नसडक अवरुद्ध
- काठमाडौंबाढी र पहिरोका कारण मुलुकका विभिन्नसडक अवरुद्ध भएका छन् ।
बाढी र पहिरोले ६ वटा राजमार्ग पूर्ण रुपले अवरुद्ध भएका छन् । राजमार्ग अवरुद्ध हुँदा सडक यातायात सेवा ठप्प भएको छ ।
नेपाल प्रहरीका अनुसार कोसी राजमार्गका विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ ।
जसमा संखुवासभाको भोटखोलाको बरुणखोला र मकालु एकुवामा परेको अविरल वर्षाले कोशी राजमार्ग अवरुद्ध छ ।
यस्तै, इलामको राजदुवाली लगायत स्थानहरुमा अविरल वर्षाको कारण मेची राजमार्ग पूर्ण रुपमा अवरुद्ध छ ।
भोजपुरको टेम्केमैयुङ श्रीदलीमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।
रसुवामा अविरल वर्षा हुँदा रसुवा गोसाईकुण्ड स्याफ्रुवेशी र गोसाइकुण्ड गाउँपालिकामा पहिरो गएपछि पासाङ ल्हामु सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ ।