राष्ट्रपति पौडेल अस्पताल भर्ना
-जेन–जी अगुवाहरूसँग छलफल गर्दागर्दै अस्वस्थ भएपछि राष्ट्रपति रामचन्द्र पौडेललाई अस्पताल भर्ना गरिएको छ ।
अचानक राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि महाराजगन्जस्थित मनमोहन कार्डियोथरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर उपचार भइरहेको छ ।
त्यस्तै, राष्ट्रपति पौडेलअस्वस्थ भएपछि छलफल अब सोमबार दिउँसो हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।