फागुनमा हुने निर्वाचन धाँधलीरहित बनाउनपर्छः कांग्रेस नेता कोइराला
-नेपाली कांग्रेसका नेता डा. शंशाक कोइरालाले सुशिला कार्की नेतृत्वको अन्तरीम सरकारले आगामी फागुनमा हुने तय भएको निर्वाचन धाँधलीरहित वातावरणमा गराउनुपर्ने बताउनुभएको छ ।
पार्टीको जारी पदाधिकारी बैठकमा सहभागी हुने क्रममा सञ्चारकर्मीसँग बोल्दै नेता कोइरालाले निर्वाचन निष्पक्ष हुनुपर्ने बताउनुभएको हो । लोकतन्त्रमा चुनावको विकल्प नहुने उहाँको भनाइ छ ।
नेतृत्व हस्तान्तरणको विषयलाई लिएर राजनीनिक दल र नेतृत्वको तिब्र आलोचना भइरहेका बेला नेता कोइरालाले कांग्रेस सभापति शेरबहादुर देउवालाई कार्यवहाक सभापति तोक्न देउवालाई व्यक्तिगत रुपमा आग्रह गरेको जानकारी दिनुभयो ।
भदौ २३ र २४ मा भएको जेनजी पुस्ताको आन्दोलनपछि राजनीतिक दलहरुमा नेतृत्व हस्तान्तरणको विषय थप पेचिलो बन्दै गएको छ ।