राष्ट्रिय

स्वास्थ्यकर्मीको सेवा सुविधामा सरकारी मापदण्ड पालना गर्न सरकारको निर्देशन

- केएफएम डेस्ककाठमाडौं

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीहरुको सेवा सुविधाको विषयमा सरकारी मापदण्ड पालना गर्न निर्देशन दिएको छ ।

कतिपय अस्पतालले सरकारले तोकेको न्यूनतम पारिश्रमिक तथा सेवा सुविधा समेत सुनिश्चित गर्न नसकेको भन्दै आलोचना भइरहेका बेला मन्त्रालयले सो निर्देशन दिएको हो । 

मन्त्रालयले देशभरका सरकारी अस्पताल, मेडिकल कलेज, सामुदायिक तथा निजी स्वास्थ्य संस्थालाई पत्राचार गर्दै, नर्सिङ र अन्य स्वास्थ्यकर्मीका सुविधा व्यवस्थापन सम्बन्धी ५ बुँदे निर्देशन तुरुन्त कार्यान्वयन गर्न भनेको छ ।

 मन्त्रालयका अनुसार स्वास्थ्य संस्थामा कार्यरत सबै नर्सिङ तथा स्वास्थ्यकर्मीको लागि न्यूनतम पारिश्रमिक र सेवासुविधा सरकारी सरह नघट्ने गरि लागु गर्न भनिएको छ । यस्तै तोकिएको भन्दा बढी कार्यका लागि अतिरिक्त भत्ताको व्यवस्था गर्नुपर्ने, स्वास्थ्य तथा शैक्षिक संस्थाले नियुक्ति नगरि काममा लागाउन नपाउने तथा अनुभवको प्रमाण पत्र दिन दिनुपर्ने जस्ता विषय कार्यान्वयन गर्न भनिएको छ ।