मधेश प्रदेशको मुख्यमन्त्रीका लागि लोसपा र कांग्रेसको दाबी
- काठमाडौंमधेश प्रदेशको मुख्यमन्त्रीमा लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका जितेन्द्रप्रसाद सोनल र नेपाली कांग्रेसका कृष्णप्रसाद यादवको दाबी पेश भएको छ । सोनलले जसपा नेपाल, जनमत पार्टी, माओवादी केन्द्र र एकीकृत समाजवादीका गरी ५६ सांसदको समर्थनसहित मुख्यमन्त्रीका लागि दावी गर्नुभएको हो ।
नेपाली कांग्रेसका यादवले भने एमाले र जनमत पार्टीसहित ५८ जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको हो । विश्वासको मत लिन नसकेपछि सतिशकुमार सिंहले राजिनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया शुरु भएको हो ।
यसैबीच, मुख्यमन्त्रीलाई समर्थन गर्ने बिषयमा जनमत पार्टीभित्र विवाद भएपछि तनाव उत्पन्न भएको छ । जनमत पार्टीका सांसदले लोसपाका सोनललाई समर्थन गरेपनि कंग्रेसका यादवले उनीहरुमध्ये केहीको नाम राखेर मुख्यमन्त्रीमा दावी गरेपछि विवाद शुरु भएको हो । त्यसपछि प्रदेशप्रमुखको कार्यालयमा सुरक्षाकर्मीको संख्या बढाइएको हाम्रा सहकर्मीले जनाएका छन् ।